नेपाल एयरलाइन्सका ३ पाइलटलाई कारबाही गर्न निर्देशन
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।
प्रवक्ता जगन्नाथ निरौलाले निगमलाई ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन पठाएको रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘विमानस्थलमा अवतरण गर्दा त्याँहाको एटीसीको नियम पालना गर्नुपर्छ । उसैको निर्देशन अनुसार अवतरण गर्नुपर्छ । तर, निगमका पाइलटहरुले त्यसलाई फलो नगरेको पाइएपछि कारबाहीको निर्देशन दिइएको हो ।’
प्राधिकरणको निर्देशनसँगै निगमले ३ जना पाइलटलाई निलम्बन गर्नुपर्छ । त्यसपछि, प्राधिकरणले ती पाइलटहरुलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने निरौलाको भनाइ छ । प्राधिकरणले पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण