कोदो खेती गर्नेलाई राइनास नगरपालिकाको अनुदान
लमजुङ । लमजुङको राइनास नगरपालिकाले परम्परागत अन्नवाली कोदो खेती प्रवर्द्धनका लागि कृषकलाई अनुदान दिन थालेको छ । व्यावसायिक रुपमा उत्पादन वृद्धिका लागि कोदो खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेको हो ।
सम्भाव्यताको आधारमा कृषिलाई प्राथमिकता दिएको नगरपालिकाले उत्पादित कोदोको परिणाम अनुसार न्यूनतम बजार मूल्यमा २५ प्रतिशत नगद अनुदान दिएको हो । नगरपालिकाको मूल्य निर्धारण समितिले बजार मूल्यलाई मध्यनजर गरी तोकेको मूल्यअनुसार नै किसानलाई अनुदान रकम वितरण गरिएको राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले बताए ।
नगरपालिकाले प्रतिकेजी कोदोमा ११ रुपैयाँ नगद अनुदान दिएको नगरप्रमुख गुरुङले बताए । नगद अनुदानको साथमा नगरपालिकाले किसानलाई कोदो संकलनका लागि बोरासमेत उपलब्ध गराएको जनाएको छ ।
चालु आर्थिक वर्षबाट कार्यन्वयनमा ल्याएको अनुदान कार्यक्रमअन्तरगत हालसम्म तीन लाख २८ हजार अनुदान वितरण गरिसकेको कृषि प्राविधिक सन्तोस जोशीले बताए । यस वर्ष राइनास नगरपालिकामा मात्रै करिब ७० हजार केजी कोदो उत्पादन भएको नगपालिकाको प्रारम्भिक तथ्यांक छ ।
किसानलाई कोदो खेतीतर्फ अर्कषित गर्न ल्याएको कोदो संरक्षण गर्न नीति तथा अनुदानको कार्यक्रमले रैथाने बाली कोदोको संरक्षण तथा उत्पादनमा वृद्धिसँगै कोदो खेतीतर्फ किसानको आर्कषण बढ्ने अपेक्षा लिइएको छ ।
कोदोमा अनुदानको लागि नगरपालिकाले चालु आर्थिक वर्ष १० लाख बजेट विनियोजन गरेको छ । राइनासमा विशेष गरी वडा नं. ९ स्थित कुवापानी र राम्चे तथा वडा नं. १० अन्तरगतको क्षेत्रमा धेरै कोदो उत्पादन हुने गरेको छ । कोदो उत्पादन हुने स्थानमा अन्य खेती गर्दा कोदोको उत्पादन कम हुने तथा जग्गा बाझै हुन थालेपछि किसानलाई कोदो खेतीतर्फ प्रोत्साहन गर्न अनुदानको कार्यक्रम ल्याएको राइनास नगरपालिकाले जनाएको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण