कपिलवस्तु प्रशासनमा सेवा टाईमकार्ड लागू
कपिलवस्तु । सेवाग्राहीलाई छिटोछरितो सेवा दिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सेवा प्रवाहमा टाइम कार्ड लागू गरेको छ । सेवाग्राहीलाई सहज, छिटो छरितो तथा झन्झटरहित बनाउन सेवा प्रवाहमा टाइम कार्ड लागू गरिएको प्रशासनले जनाएको छ ।
माघ ९ गते लागू हुने गरी जारी गरिएको टाइम कार्डले सेवा प्रवाहमा समसामयिक एवं प्रभावकारी बनाउन सकिने जिल्ला प्रशासन कार्यालयको विश्वास छ । प्रशासनका अनुसार नयाँ नागरिकताका प्राप्तिका लागि दिउँसो १२ बजे प्रमाण पुर्याएर पेस हुन आएका निवेदकलाई १ बजेभित्र र दिउँसो १२ देखि ३ बजे भित्र पेस हुन आएका निवेदकलाई अपराह्न ४ बजे नागरिकता दिइने छ ।
नागरिकताको प्रतिलिपिका लागि दुई घण्टा भित्रै सेवा दिइने छ । ई–पासपोर्ट टोकन प्रणाली अनुसार सार्वजनिक बिदा र शाखाको कार्य बोझ बाहेक प्रत्येक दिन ३ बजे देखि ४ बजेसम्म सेवा लिन सकिने प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।
तत्कालीन राहत वितरण आधा घण्टा भित्र हुने दाबी गरेको प्रशासनले संस्था नवीकरण, विभिन्न सिफारिस प्रमाणित, हातहतियार नवीकरण तथा प्रशासनिक कार्यहरू, नाबालक प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र प्रमाण पुगेकालाई एक घण्टा भित्रै सेवा दिनेछ ।
साथै जिल्ला प्रशासनले गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूलाई सेवा लिन लाइनमा बस्न नपर्ने समेत विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तिसुँडे–शिखरपुर–अम्वास सडक 'प्रदेश प्राथमिकता प्राप्त आयोजना' मा छनोट
-
एक चीन नीतिमा नेपाल दृढ छ : परराष्ट्र मन्त्रालय
-
असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
-
महानगर प्रहरीले ‘ह्विल लक’ गर्ने, सवारी उठाउने नियम छ ?
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
-
धनुषामा माछाको भुरा वितरणमा ७२ लाख भ्रष्टाचार : तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण