संघीय सरकारमा यति धेरै मन्त्रालय र मन्त्रीको सङ्ख्या चाहिँदैन : खिमलाल देवकोटा
काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संघीय सरकारमा धेरै मन्त्रालय र मन्त्रीको सङ्ख्या आवश्यक नभएको टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै देवकोटाले जनतालाई सेवा सुविधा दिने सवालमा थोरै मन्त्रालय भए पनि प्रभावकारी हुने बताएका हुन् ।
‘हाम्रोमा धेरै मन्त्रालय र मन्त्री किन चाहियो ? केन्द्रमा संविधान बमोजिम प्रधानमन्त्री सहित २५ जना मन्त्री हुने व्यवस्था छ’ देवकोटाले भने, ‘स्वीजरल्याण्डको संविधानमा प्रधानमन्त्रीलाई चान्सलर भन्दो रहेछ । चान्सलरसहित सात जना मन्त्री बनाउन नपाउने व्यवस्था स्पष्ट रूपमा उल्लेख छ ।’ संघीय सरकारमा २२ मन्त्रालयको सङ्ख्या समेत बढी भएको देवकोटाले बताए ।
‘अहिले संघमा मन्त्रालयको सङ्ख्या २२ छ यो पनि बढी भयो । धेरै अधिकार तल गई सकेको अवस्थामा केन्द्रमा धेरै मन्त्रालय चाहिँदैन । धेरै मन्त्रालय र मन्त्रीको सङ्ख्या चाहिँदैन । हाम्रा संरचना चुस्त बनाए पुग्छ ।’ देवकोटाले भने । यस्तै देवकोटाले प्रदेश र प्रतिनिधि सभामा महिला उम्मेदवार ९ प्रतिशत मात्रै बनाएको विषयमा समेत आपत्ति जनाए । महिलालाई आधा धर्ती भन्ने गरे पनि उम्मेदवार बनाउँदा ५० प्रतिशत समेत नबनाएको देवकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण