प्रदेश र स्थानीय सरकार केन्द्रका इकाई होइनन् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकार केन्द्रका इकाई नभएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
‘प्रदेश सरकार र स्थानीय सरकार केन्द्रका इकाई होइनन् । तिनका आफ्ना केही स्वायत्त अधिकारहरू छन् । स्वतन्त्र अधिकार छन् र एकअर्कामा जोडिएका पनि छन्’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले प्रदेश र स्थानीय सरकारका अधिकार केन्द्रमा ल्याउने प्रयास भए स्थिति कुनै दिन डरलाग्दो हुनसक्ने चेतावनी दिए ।
उनले शक्ति र साधनको समुचित बाँडफाँड र समुचित प्रतिनिधित्व प्रणाली अपनाइएको भन्दै प्रदेश र स्थानीय तहको अधिकार पनि संविधानमै स्पष्ट गरिएकाले त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नभएको बताए । तर उनले विगतमा ती अधिकारहरू कार्यान्वयन हुन नसकेको बताए ।
‘तर विडम्बना के भएको छ भने यसबीचमा हामीले साच्चै भन्ने हो भने संघीयताप्रति इमानदार भएर जाँदै छौ कि छैनौ रु भन्ने कुराको निधो गर्ने कुरा संघीय निजामती ऐन हो’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण