राज्यका संयन्त्रहरूलाई थिलथिलो पारिएका छन्, परिणाम दिन कठिन छ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरूलाई थिलथिलो पारिएको कारण छिटो परिणाम दिन कठिन रहेको बताएका छन् । मंगलबार प्रतिनिधिको बैठकमा बोल्दै मन्त्री लामिछानेले पुराना दलहरूले बिगारेको पद्धति सुधार गर्न आवश्यक रहेको उल्लेख गरे ।
उनले भने,‘राज्यका संयन्त्रहरूलाई थिलथिलो बनाएर छोडिएको छ । काम गर्नेहरुलाई कानुन पालना गराउनु भन्दापनि आदेश पालना गर्नेगरी यति निरीह बनाएर राखिएको छ कि वर्षौ शासन सक्ता सम्हालेका दलहरुबाट थिलथिलो बनाइएको छ । यसलाई कमजोर बनाउन वर्षौँदेखि कामहरू भए, ती कोणबाट धेरै प्रश्नहरू आउने रहेछन् यो कुराको अनुभव गरेको छु । म यो कुराको प्रतिउत्तर हैन कामको माध्यमबाट, रिजल्टको माध्यमबाट ती जवाफबाट यो गरिमामय संसद्मा आफै उपस्थित होउन् भन्ने तरिकाबाट काम गर्न चाहन्छु ।’
राज्यका संरचनाहरुमा सुधार चाहिएको बताउँदै उनले त्यसका प्रणालीगत सुधारहरुका लागि निरन्तर लागिरहेको बताए । आफूले सम्हालेको गृह मन्त्रालय प्रणाली सुधारमा, मापदण्ड सुधारमा निरन्तर लागिरहेको र जसले चाँडै परिणाम देखाउन लाग्ने उनले बताए ।
उनले भने,‘राज्यका संरचनाहरुलाई हिजो चलाएजस्तो चलाउन छोडिदिनुहोस्, आधा काम हाम्रो सहज हुनेछ । आज सिडिओ आफ्नो चाहिएको छ, डिएसपी आफ्नो चाहिएको छ, एसपी आफ्नो चाहिएको छ, सबै आफ्नो चाहिएको छ । त्यसरी राज्यका सबै निकायमा आफ्ना मान्छे चाहिएको हो भने प्रणाली सुधारमा तपाईँको योगदान के ?
यसकारण तपाईँहरूले गृह प्रशासनले गर्न लागेको प्रणालीलाई विश्वास गर्नुपर्नेछ । सबै हाम्रा मान्छेहरू राज्यको तर्फबाट सिष्टमलाई सुधारेर जान दिनुभयो भनेपनि आधा काम हुन्छ ।’
उनले चाहे क्रसरको कुरा, चाहे फरार सांसदको कुरा वा अधिकारको आन्दोलनका यी सबै विषयमा गृह मन्त्रालय संवेदनशील भएर काम गरिरहेको उनले बताए । राज्यका संयन्त्रहरूलाई चलाइएको र गिजोलिएका कारण परिणाम छिटो आउन नसकेको उनले बताए ।
उनले संसद्मा पनि विषयकेन्द्रित बहस हुन जरुरी रहेको बताए । उनले भने, ‘संसद्मा बहस विषयकेन्द्रित हुन आवश्यक छ । हिजो सदनमा कस्ता बहस भए हामी सडकमा बसेर त्यसको साक्षी रहेका थियौँ । हामी यो संसद्मा बहस नेपाली जनताको हितमा कायम रहोस् भन्ने चाहन्छौँ । संसद्मा बहस गर्दा गृहकार्य गरेर गर्ने हो भने समय बच्नेछ र आम नागरिकका लागि कानुन निर्माण गर्ने थलोको रुपमा जुन यसको गरिमा रहेको छ । म आफू र आफ्नो दल यस कुरामा सचेत रहेको जानकारी गराउँछु ।’ मन्त्री लामिछानेले आफ्नो दल संसद्मा छेडखानी गर्ने, अरुलाई होच्याउने बहस नगर्ने प्रतिबद्धता समेत जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण