बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टी–ट्वान्टी लिगको चार खेलमा स्पट फिक्सिङ

मङ्गलबार, १० माघ २०७९, १५ : ४४
मङ्गलबार, १० माघ २०७९

काठमाडौं । नेपाल टी–ट्वान्टी लिगका चार खेलमा स्पट फिक्सिङ भएको पाइएको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पत्रकार सम्मेलन गर्दै चार खेलमा स्पट फिक्सिङ भएको देखिएको बताएको हो । 

सीआईबीमा एसएसपी दिनेश आचार्यले चार खेलमा स्पट फिक्सिङ भएको पाइएको र त्यो विषयमा थप जानकारी लिरहेका बताए । 

‘हामीले गरेको प्रारम्भिक अनुसन्धानमा चार खेलका स्पट फिक्सिङ भेटिएको छ । हामी स्कोर बोर्ड पनि हेरिरहेका छौं,’ आचार्यले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप