शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

देउवालाई विपक्षी दलको नेता भनेपछि संसद्का कर्मचारीमाथि खनिए प्रेम सुवाल

मङ्गलबार, १० माघ २०७९, १५ : ५४
मङ्गलबार, १० माघ २०७९

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संघीय संसद् सचिवालयका कर्मचारीमाथि खनिएका छन् । संघीय संसद् सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता भनेपछि उनी कर्मचारीमाथि खनिएका हुन् । 

मंगलबार प्रतिनिधि सभामा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई दिन रोष्टमबाट बोल्दै सांसद सुवालले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को दफा २ अनुसार सरकारलाई विश्वासको मत दिने नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल हुने अवस्था नरहेको दोहो¥याए ।

उनले संसद्ले बनाएको कानुन संसदमै लागू हुन नसकेमा अन्य ठाउँमा कानुन कार्यान्वयन हुन सक्ने अवस्था नहुने तर्क गर्दै यसले देशमा अराजकता प्रदान गर्ने उनले बताए । 

उनले आज प्रकाशित एक दैनिक पत्रिकामा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको निर्देशनमा सचिवालयका उपसचिव रामहरि थापाले कांग्रेसका शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको रुपमा सम्बोधन गरेर पत्र पठाएको समाचार रहेको र आज नै प्रकाशित अर्को पत्रिकामा सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दलको नेताबारे निर्णय नभएको समाचार आएको उल्लेख गरे ।

उनले संघीय संसद्का कर्मचारीले सभामुखलाई अप्ठेरोमा पार्ने काम किन गर्दैछन् भन्दै यसबारेको तथ्य बैठकलाई जानकारी गराउन मागसमेत गरे । सरकारलाई कांग्रेसले विश्वासको मत दिएका कारण कांग्रेस प्रमुख प्रतिपक्षी दल हुन नसक्ने जिकिर गर्दै नेमकिपाले आफ्नो दललाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिन सभामुखलाई आग्रह गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप