चित्रबहादुर केसीको प्रश्न : फौजदारी मुद्दा लागेको मान्छेलाई पार्टीहरुले काखी च्याप्नुको कारण के हो ?
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले राजनीति गर्ने मान्छे, पार्टी, नेता, सांसद, मन्त्रीप्रति जनताको विश्वास श्रद्धा पटक्कै नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले निर्दलीय व्यवस्था पक्षधरहरुले पनि राजनीतिक दलहरुप्रति घृणा फैलाइरहेको र अर्कोतिर राजनीतिक पार्टीहरुमा पनि विभिन्न खालको अपराधमा संलग्न मान्छेहरु आबद्ध रहेको जनताले देखिरहेको बताए ।
फौजदारी मुद्दा लागेको मान्छेलाई पनि आफ्नो पार्टीमा हुल्ने नयाँ चलन नभएको बताउँदै दक्षिण एसियाका देशहरुमा सामाजिक अपराधीहरू कारबाही गर्नुको सट्टा उनीहरूलाई राजनीतिक दलहरूले काखी च्याप्नुको कारण के हो भन्दै प्रश्न गरे ।
अपराधीलाई काखी च्याप्दा पार्टीको बदनाम, प्रणालीको नै बदनाम हुने भन्दै उनले भने,'विधिको शासन चलाउने भनेको त जुन औलामा विष लाग्छ त्यो औँला त झर्छ नि । त्यसकारण यो संसदीय व्यवस्थालाई जनताप्रति आस्था जगाउने हो भने चाहे आफ्नो पार्टीको कार्यकर्ता होस, चाहे नेता होस, दूधको दूध, पानीको पानी, उसको कसुर अनुसार कारबाही गराउने कुरामा हामी प्रतिबद्ध हुनुपर्छ । हामीले हाम्रो सीमित दलगत स्वार्थका लागि आफ्नो पार्टीको मान्छे दोषी छ, खराब छ भने त्यसलाई जसरी पनि जोगाउने, त्यसैमा अर्को पार्टीको छ भने त्यसलाई किक आउट गर्ने यसले के गर्छ ? यसले विधिको शासन हैन मनपरी तन्त्र हुन्छ त्यसैले समयमै हामी चिन्नुपर्ने अवस्था छ ।’
उनले लडेर ल्याएको गणतन्त्र, लोकतन्त्र र संसदीय व्यवस्थालाई जोगाउन सक्छौँ कि सक्दैनौँ भन्ने अग्निपरीक्षामा रहेको बताए । यस्तै सभामुखलाई बधाई दिँदै सांसद केसीले सभामुखको भूमिका ‘बैदार हुन सजिलो छ बही बुझाउन गाह्रो’ भनेजस्तै चुनौतीपूर्ण रहेको बताए । लामो समय राजनीतिक पार्टीसँग आबद्ध रहेको व्यक्ति संसदभित्र बसेर तटस्थ बसेर सभामुखको भूमिका निर्वाह गर्न गाह्रो रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण