शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आचार्यको आत्मदाहमा हामी दोषी छौँ, म दोषी छु : गृहमन्त्री लामिछाने

बुधबार, ११ माघ २०७९, २२ : ३०
बुधबार, ११ माघ २०७९

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेम प्रसाद आचार्यको आत्मदाहलाई देशको बेथितिप्रतिको निराशा र पीडाको परिणाम भएको बताएका छन् । 

नयाँ दलहरूको आगमनले पनि आचार्यमा उत्साह थप्न नसक्नु भन् दुखद भएको लामिछानेले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन् -'मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पिडाको परिणाम  हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौँ, म दोषी छु'।

मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

लामिछानेको स्टाटस जस्ताको त्यस्तै

एउटा नागरिकले  अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पिडाको परिणाम  हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौँ, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौ,  हामीलाई  माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप