शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फिल्म ‘जीवनसाथी’ आगामी शुक्रबार रिलिज हुने

बुधबार, ११ माघ २०७९, १० : ४६
बुधबार, ११ माघ २०७९

काठमाडौँ । फिल्म ‘जीवनसाथी’ अगामी शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामाको निर्देशन रहेको फिल्म प्रेमकथामा बनेको हो ।

फिल्मको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खानलगायतको अभिनय रहेको छ । प्रिन्सराज श्रेष्ठ, भरत कुमार मल्ल, दीपक तामाङ लामाको निर्माण रहेको फिल्म फायर इन्टरप्राइजेज प्रा.लि. र सिन्का फिल्म प्रोडक्सन प्रा.लिले निर्माण गरेको हो ।

भरतकुमार मल्लको प्रस्तुति रहेको फिल्म मुलुक बाहिर मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुने निर्देशक लामाले बताए । फिल्मको वितरक आर.आर. फिल्मस् रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप