सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सोझासाझा नागरिक देशमा बाँच्नै नसक्ने अवस्था आयो : सिके राउत

बुधबार, ११ माघ २०७९, १२ : ०१
बुधबार, ११ माघ २०७९

काठमाडौँ । सत्तारुढ जनतम पार्टी अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत)ले प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखाएको बताएका छन् । 

नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको छ । 

तारेक अल–तैयब मोहम्मद बौउजीजीको आत्महदाहले ल्याएको अरब क्रान्तिजस्तै नेपालमा क्रान्ति ल्याउने आशा गरेका उनले आफूहरुको राजनीतिमा भएको उदयले पनि केही आश जगाउन नसक्नु दुःखद भएको बताएका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्- आत्मदाह बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो। अझ हामी नयाँ पार्टी र पात्रहरूले समेत केही आश जगाउन नसक्नु दुःखद छ। हार्दिक श्रद्धाञ्जली ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप