सोझासाझा नागरिक देशमा बाँच्नै नसक्ने अवस्था आयो : सिके राउत
काठमाडौँ । सत्तारुढ जनतम पार्टी अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत)ले प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखाएको बताएका छन् ।
नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको छ ।
तारेक अल–तैयब मोहम्मद बौउजीजीको आत्महदाहले ल्याएको अरब क्रान्तिजस्तै नेपालमा क्रान्ति ल्याउने आशा गरेका उनले आफूहरुको राजनीतिमा भएको उदयले पनि केही आश जगाउन नसक्नु दुःखद भएको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्- आत्मदाह बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो। अझ हामी नयाँ पार्टी र पात्रहरूले समेत केही आश जगाउन नसक्नु दुःखद छ। हार्दिक श्रद्धाञ्जली ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण