जनमत पार्टीका खानले आजदेखि खानेपानी मन्त्रालय सम्हाल्ने
काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अब्दुल खानले आज खानेपानी मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् । विना विभागीय मन्त्रीका रुपमा पुस १० गते सपथ ग्रहण गरेको ठिक एक महिना पछि उनले खानेपानी मन्त्रालयको कार्यभार सम्हाल्ने भएका हुन् । माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुँदा उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर सहमतिअनुसार उद्योग मन्त्रालय नपाएका कारण मन्त्री खानले खानेपानी मन्त्रालय अस्वीकार गरेका थिए ।
उद्योग मन्त्रालय पाउनुपर्छ भन्दै जनमत पार्टीले एक सातादेखि प्रधानमन्त्री प्रचण्डसँग वार्ता र छलफल गर्दै आएको थियो । तर उद्योग मन्त्रालयमा सहमति हुन सकेन । उद्योग मन्त्रालयमा सहमति हुन नसके पछि अहिलेलाई खानेपानी मन्त्रालयकै कार्यभार सम्हाल्ने निर्णयमा पुगिएको मन्त्री खानको नीजि सचिवालयले जानकारी दिएको छ ।
जनमत पार्टीले उद्योग मन्त्रालय नभए खानेपानी मन्त्रालयसँग थप कुनै एउटा मन्त्रालय दिए मात्र सरकारमा सहभागी हुने अडान राख्दै आएको थियो । तर सो पार्टीले आज खानेपानी मन्त्रालयमै चित्त बुझाएर कार्यभार सम्हाल्ने निर्णय गरेको छ ।
जनमत पार्टीका एक नेताले भने, ‘प्रधानमन्त्रीज्युले अहिलेलाई त्यो (खानेपानी) मन्त्रालय सम्हाल्दै गर्नुस्, अर्को मन्त्रालय बिस्तारै मिलाउछु भन्नुभएको छ, त्यही भएर आज सो मन्त्रालयमा खानजी गइरहनुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण