सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जनमत पार्टीका खानले आजदेखि खानेपानी मन्त्रालय सम्हाल्ने

बुधबार, ११ माघ २०७९, १३ : १९
बुधबार, ११ माघ २०७९

काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अब्दुल खानले आज खानेपानी मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् । विना विभागीय मन्त्रीका रुपमा पुस १० गते सपथ ग्रहण गरेको ठिक एक महिना पछि उनले खानेपानी मन्त्रालयको कार्यभार सम्हाल्ने भएका हुन् । माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुँदा उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर सहमतिअनुसार उद्योग मन्त्रालय नपाएका कारण मन्त्री खानले खानेपानी मन्त्रालय अस्वीकार गरेका थिए । 

उद्योग मन्त्रालय पाउनुपर्छ भन्दै जनमत पार्टीले एक सातादेखि प्रधानमन्त्री प्रचण्डसँग वार्ता र छलफल गर्दै आएको थियो । तर उद्योग मन्त्रालयमा सहमति हुन सकेन  । उद्योग मन्त्रालयमा सहमति हुन नसके पछि अहिलेलाई खानेपानी मन्त्रालयकै कार्यभार सम्हाल्ने निर्णयमा पुगिएको मन्त्री खानको नीजि सचिवालयले जानकारी दिएको छ ।
जनमत पार्टीले उद्योग मन्त्रालय नभए खानेपानी मन्त्रालयसँग थप कुनै एउटा मन्त्रालय दिए मात्र सरकारमा सहभागी हुने अडान राख्दै आएको थियो । तर सो पार्टीले आज खानेपानी मन्त्रालयमै चित्त बुझाएर कार्यभार सम्हाल्ने निर्णय गरेको छ ।

जनमत पार्टीका एक नेताले भने, ‘प्रधानमन्त्रीज्युले अहिलेलाई त्यो (खानेपानी) मन्त्रालय सम्हाल्दै गर्नुस्, अर्को मन्त्रालय बिस्तारै मिलाउछु भन्नुभएको छ, त्यही भएर आज सो मन्त्रालयमा खानजी गइरहनुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप