बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
प्रदेश प्रमुख शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रालय-गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रालय-युवराज दुलाल 'शरद', सामाजिक विकास मन्त्रालय-कुमारी मोक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्रालय-केशवप्रसाद पोखरेल, श्रम रोजगार तथा यातायात मन्त्रालय-एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रालय-रामेश्वर श्रेष्ठ, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय-डम्बर बहादुर तामाङ र वन तथा वातावरण मन्त्रालय-राजु बिष्टलाई शपथ ग्रहण गराएका हुन् ।
यसअघि प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय- शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्रालय-जगन्नाथ थपलिया र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय-उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक
-
मेहबुब आलमले एसियन लिजेन्ड्स लिग खेल्ने
-
सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल
-
राजीव खत्रीको प्रश्न – विदेशमा रहेका नेपालीलाई आगामी स्थानीय चुनावमै मताधिकार दिन सकिन्छ ?
-
काभा पुरुष भलिबल : पाँचौ स्थानका लागि भएको खेलमा पनि हार्यो नेपाल
-
चिटिक्क एयरपोर्ट (फोटोफिचर)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण