नेपाल टी–२० लिगसम्बन्धी सम्झौता तत्काल खारेज गर्न छानबिन समितिको सुझाव
काठमाडौँ । नेपाल टी–२० लिगमा भएको अनियमितता छानबिन गर्न गठन गरिएको कार्यदलले आफ्नो प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद्लाई बुझाएको छ । कार्यदलले परिषद् अध्यक्ष टंकलाल घिसिङलाई प्रतिवेदन बुझाएको हो ।
कार्यदलले प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया नपुर्याई गरिएको नेपाल टी–२० लिगसम्बन्धी सम्झौता तत्काल खारेज गर्न वाञ्छनीय भएको ठहर गरेको छ । नेपाल क्रिकेट संघका सरोकार पक्षहरूबाट नेपाल टी–२० लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौता लगायतका विषयमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको शर्त र दफा ४४ को उपदफा (२) मा भएको व्यवस्थाको पालना भएको नदेखिएकोले सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसै गरी, नेपाल टी–२० लिग प्रतियोगितामा शङ्कास्पद एवं अस्वाभाविक गतिविधिका कारण फिक्सिङ हुने सम्भावनाका विषयमा अनुसन्धान गर्ने आधिकारिक निकाय नेपाल प्रहरीको सीआईबीबाट भइरहेको अनुसन्धानबाट प्राप्त निष्कर्षको आधारमा दोषी माथि प्रचलित कानुन एवं राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३३ बमोजिम हुने कारबाहीमा आवश्यक सहयोग पुर्याउने पनि बताइएको छ । कार्यदलको प्रतिवेदन माथि सरोकारवाला निकाय एवं अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँग आवश्यक छलफल र समन्वय गर्न सकिने कार्यदलले सुझाव दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण