कर्णालीमा माओवादीबाट उर्मिला विश्वकर्मा राज्यमन्त्री
बुधबार, ११ माघ २०७९, १९ : १२
सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिमण्डललाई समावेशी बनाउनका लागि राज्यमन्त्री नियुक्त गरिएको छ । नेकपा माओवादी केन्द्रले डोल्पाकी उर्मिला विश्वकर्मालाई राज्यमन्त्री बनाएको हो ।
उनलाई भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री बनाइएको हो । ७ सदस्यीय मन्त्रीपरिषद्मा सबै जना पुरुष मन्त्री बनेपछि माओवादीले समावेशितालाई ख्याल गर्दै राज्यमन्त्री बनाएको हो । उनले पनि पद तथा गोपनीयताको शपथ लिइसकेकी छन् । उनलाई मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यसअघि ८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर ७ बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण