शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविद्वारा स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने म्याद थप

बुधबार, ११ माघ २०७९, २० : २७
बुधबार, ११ माघ २०७९

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने म्याद थप गरेको छ । २०७५ सालको वार्षिक प्रणाली अनुसार स्नातक तह प्रथम वर्ष (आंशिक) परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने म्याद थप गरेको हो ।

फारम भर्ने म्याद ७ माघ २०७९ मा सकिएको थियो । तर, कतिपय क्याम्पसहरूबाट फारम भर्ने विद्यार्थीहरू छुटेको भन्ने जानकारी आएपछि कार्यालयले १५ माघसम्मका लागि म्याद थप गरेको हो । 

थप गरिएको १५ माघ २०७९ सम्म दोब्बर दस्तुरसहित आवेदन फारम भर्न सकिने कार्यालयले जनाएको छ । आवेदन फारम भनेकाहरूको विवरण १६ गते भित्र अनलाइन मार्फत इन्ट्री गराउन भनेको छ ।  

त्यस्तै ४ वर्षे स्नातक तह प्रथम वर्ष नियमित (२०७९) परीक्षा दिने परीक्षर्थीहरुको हकमा परीक्षा फारम भर्ने म्याद २२ माघसम्म थप गरिएको छ । सो पछि ७ दिन दोब्बर दस्तुरसहित फारम भराई सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैंक भौचर सहित पठाउन भन्दै परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरेको छ ।

ttt

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप