त्रिविद्वारा स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने म्याद थप
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने म्याद थप गरेको छ । २०७५ सालको वार्षिक प्रणाली अनुसार स्नातक तह प्रथम वर्ष (आंशिक) परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने म्याद थप गरेको हो ।
फारम भर्ने म्याद ७ माघ २०७९ मा सकिएको थियो । तर, कतिपय क्याम्पसहरूबाट फारम भर्ने विद्यार्थीहरू छुटेको भन्ने जानकारी आएपछि कार्यालयले १५ माघसम्मका लागि म्याद थप गरेको हो ।
थप गरिएको १५ माघ २०७९ सम्म दोब्बर दस्तुरसहित आवेदन फारम भर्न सकिने कार्यालयले जनाएको छ । आवेदन फारम भनेकाहरूको विवरण १६ गते भित्र अनलाइन मार्फत इन्ट्री गराउन भनेको छ ।
त्यस्तै ४ वर्षे स्नातक तह प्रथम वर्ष नियमित (२०७९) परीक्षा दिने परीक्षर्थीहरुको हकमा परीक्षा फारम भर्ने म्याद २२ माघसम्म थप गरिएको छ । सो पछि ७ दिन दोब्बर दस्तुरसहित फारम भराई सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैंक भौचर सहित पठाउन भन्दै परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण