हात्तीको आक्रमणबाट महिला घाइते
बुधबार, ११ माघ २०७९, २० : ४९
कञ्चनपुर । खरखडाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएका एक महिला बुधबार दिउँसो जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहका अनुसार खर काट्न निकुञ्ज गएकी लालझाडी गाउँपालिका–६ ढक्काका ५५ वर्षीया लल्लु सार्की घाइते भएकी हुन् ।
प्रहरीका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइतेको बेलौरीमा उपचार भइरहेको छ । गत पुसको तेस्रो साता पनि शुक्लाफाँटा नगरपालिका–१२ मा जङ्गली हात्तीको आक्रमणबाट एक स्थानीय घाइते भएका थिए ।
निकुञ्जले मध्यवर्ती क्षेत्रका उपभोक्ताका लागि भन्दै यहाँ दुई दिन खरखडाइ खुला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण