आर्थिक आत्मनिर्भरताका लागि स्वदेशी उद्योगको विकास जरुरी छ : मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आर्थिक आत्मनिर्भरताका लागि स्वदेशी उद्योगहरुको विकास जरुरी रहेको बताएका छन् । बुधबार हेटौंडामा एक समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले स्वदेशी उद्योगहरुको विकासका लागि प्रदेश सरकारको ध्यान त्यसतर्फ रहेको बताए ।
मुलुकलाई आर्थिक आत्मनिर्भरतर्फ डोर्याउन प्रदेश सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गरी औद्योगिक वातावरण निर्माण्का लागि सहजीकरण गर्नेतर्फ गुरु योजना तर्जुमा गर्ने उनले बताए । आम उपभोक्ताले दैनिक जीवनमा स्वदेशी उत्पादनलाई प्रयोगमा ल्याउन व्यवहारिक एवम् सैद्धान्तिक पक्षलाई जिम्मेवार बनाउन नसक्दा समाज परनिर्भतातर्फ उन्मुख भएको उनको भनाई छ । स्वदेशी उत्पादनलाई वृद्धि गरेर आर्थिक आत्मनिर्भरतर्फ क्रियाशील तुल्याउन युवा पुस्ताले संकल्प गर्नुपर्ने बेला आएको उनले बताए ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले स्वदेशी उत्पादनलाई भन्दा आयातित सामग्री र लत्ताकपडाको उपयोग बढ्दा अर्थतन्त्र ओरालो लागेको बताए । उनले स्वदेशी उत्पादको प्रयोग गर्ने व्यहोरालाई आत्मसात गरी आर्थिक आत्मनिर्भर एवम् अर्थतन्त्रलाई दिगो व्यवस्थापन गर्न सहज पुग्ने बताए । उनले प्रदेश सरकारले उद्योग क्षेत्रमा रहेका विभिन्न समस्याहरु समाधान गर्दै उद्योगलाई प्रोत्साहन गर्ने रणनीति तर्जुमा गर्न लागिएको प्रष्ट पारे ।
त्यस्तै खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री उद्धव थापाले मुलुकमा स्वदेशी उद्योगलाई संघीय सरकार र प्रदेश सरकारले सहकार्यबाट उत्पादन क्षमतालाई वृद्धि गर्नुपर्ने धारणा व्यक्त गरे । उनले तत्काल उद्योग सञ्चालनमा भएका समस्यालाई सरकारले समाधान गर्न भूमिका निर्वाह गर्ने बताए ।
उद्योगका व्यवस्थापकहरुले पनि आफ्नो स्वार्थलाई त्यागेर राष्ट्र र जनताप्रति पनि जवाफदेही बन्न सकेमा देशमा आर्थिक अवस्थामा सुधार आउने उनको भनाई छ । नेपाली कांग्रेस बागमतीका सदस्य एवम् पूर्वमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशको १३ वटै जिल्लाको सदरमुकाममा घरेलु उद्योगको विस्तारमा सरकार गम्भिर हुनुपर्ने बताए ।
उनले उद्योगीहरुलाई प्रदेश सरकारले आफुनो नीति कार्यक्रममा उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्नुपर्ने सुझाव दिए । गरिबीको चपेटामा परेका नागरिकलाई प्रत्यक्ष रोजगारतर्फ आत्मनिर्भर बनाउन उद्योग वाणिज्य संघ र प्रदेश सरकार सहमतिका साथ अघि बढ्नुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि