श्रीलंकामा केही हप्ता विद्युत् कटौती नहुने
कोलम्बो । श्रीलंकाको मानव अधिकार आयोगले विश्वविद्यालयको प्रवेश परीक्षा समाप्त नहुञ्जेलसम्म केही हप्ता विद्युत् कटौती नगर्ने निर्णय गरेको छ ।
आयोगले एक विज्ञप्ति जारी गर्दै आगामी फेब्रअरी १७ सम्म निर्वाध रूपमा विद्युत आपूर्ति हुने जनाएको छ ।
श्रीलङ्कामा सन् २०२२ को सुरुदेखि नै विदेशी मुद्राको सञ्चितिको अभावका कारण भएको इन्धन आयातमा भएको कटौतीका कारण विद्युत् उत्पादनमा देखिएको उच्च मागले गर्दा दैनिक विद्युत् कटौती हुँदै आएको छ ।
मुलुकको करिब ४५ प्रतिशत विद्युत् थर्मल पावरबाट उत्पादन हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।
देशको विद्युत उत्पादक सिलोन इलेक्ट्रिसिटी बोर्ड (सीईबी) ले यसअघि घोषणा गरे अनुसार उनीहरूले जीवाश्म इन्धन किन्न नसक्ने भएकोले विश्वविद्यालय प्रवेश परीक्षाको समयमा निर्बाध बिजुली प्रदान गर्न सक्षम हुनेछैनन् ।
तर, बुधबार मानव अधिकार आयोगमा भएको बैठकमा देशको मुख्य इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसनले सीईबीलाई इन्धन उपलब्ध गराउन सहमति जनाएको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण