फष्टलुकमा यस्तो देखियो नाजिरको ‘गुलाबी’
काठमाडौंँ । अभिनेता नाजिर हुसैनको मुख्य भूमिका रहेको फिल्म ‘गुलाबी’ को फष्टलुक सार्वजनिक गरिएको छ । बिहीबार सरस्वती पूजाको अवसर पारेर निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुकको रूपमा ल्याएको हो ।
पोष्टरमा अभिनेता नाजिर ट्रासजेन्डर महिलाको लुक्समा देखिएका छन् । लुक्स हेर्दा फिल्ममा उनको अभिनय कस्तो रहेको छ भनेर अनुमान लगाउन गाह्रो पर्दैन । फिल्ममा नाजिरसँग सुशील सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’ लगायतको मुख्य भूमिका छ ।
फिल्म धम्पुस, पोखरा र काठमाडौँमा छायाङ्कन गरिएको छ । पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसैनको रहेको फिल्म समुन्द्रले निर्देशन गरेकी हुन् । फिल्मले पारलैङ्गिकताको कथा प्रस्तुत गर्ने निर्देशक भट्टले बताइन् ।
क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी निर्देशक भट्टले केहि वर्ष पहिले ‘आधा पेज’ नामको फिल्म निर्देशन गरेकी थिइन् । केहि वर्षको अन्तरपछि भट्ट पुनः फिल्म निर्देशनमा फर्किएकी हुन् ।
दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानर र अनुपम फिल्मस्सँगको सहकार्यमा निर्माण भएको ‘गुलाबी’का छायाकार आलोक शुक्ला हुन् । फिल्मको प्रदर्शन मिति जुर्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण