गुट्खा प्रतिबन्धको निर्णय कार्यान्वयन गरिँदै

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रभित्र गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा रोक लगाउने गरेको निर्णयको कार्यान्वयन गर्न सुरु गरेको छ ।
गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत प्रतिकुल असर परिरहेको निष्कर्ष निकाल्दै गुट्खा प्रकृतिका सुर्तीजन्य प्रदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाउने सुरु गरेको नगर प्रमुख इश्तियाक अहमद खानले बताए ।
नगरपालिकाले पुस ४ गते गुट्खा प्रकृतिका सूर्तिजन्यपदार्थको विक्री वितरण नगर्नका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । समयावधि पश्चात पनि नगर क्षेत्रमा गुट्खा प्रकृतिका सूर्तिजन्यपदार्थ विक्री वितरण नरोकिएपछि निर्णय कार्यान्वयनतर्फ लागिएको उनको भनाइ छ । उनका अनुसार ‘सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्डली सिटी’ बनाउने उद्देश्य नगरपालिकाको छ ।
निर्णय कार्यान्वयनको क्रममा नगरमा विक्री वितरण भइरहेको गुट्खा प्रकृतिका सूर्तिजन्यपदार्थ जफत गरी सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय, जनप्रतिनिधि समेत रोहवरमा नष्ट गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणको अभियानमा भाग लिन माओवादी शीर्ष नेताहरू भोलि डडेलधुरा जाँदै
-
भारतीय विदेश मन्त्री जयशंकरको सुरक्षा बढाइयो
-
कर्णाली प्रदेश सभाः देवेन्द्रबहादुर शाही कांग्रेसका सांसद कि स्वतन्त्र ?
-
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको अर्को ४५ करोड डलरको अनुदान रकम
-
बसाइसराइ रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ
-
वर्डफ्लुका कारण बाघिनीको मृत्युपछि यूपीमा ७ दिनका लागि चिडियाखाना बन्द