जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

जुम्ला । हिमपातले जुम्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । मंगलबारदेखि लगातारको हिमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् ।
हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन बनाउन निकै कठिन भएको छ । हिमपातले चन्दननाथ नगरपालिकाको मिचा, तिला गाउँपालिकाको दानसाँघु र कालीकोटको फाईमहादेवका ठाउँठाउँमा विद्युत्का खम्बा र तारमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए ।
“विद्युत्मा क्षति पुगेको ठाउँमा कर्मचारी खटाएका छौँ, हिमपातले काम गर्न कठिन भएको छ, कालिकोट र जुम्ला विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारीले अवरुद्ध विद्युत्को काम गरिसकेपछि मात्र विद्युत् सेवा सञ्चालनमा आउँछ”, उनले भने ।
विद्युत् अवरुद्ध भएपछि खलङ्गालगायत प्रसारण लाइन पुगेका गाउँका ग्राहक प्रभावित भएका छन् । हिमपातका कारण जुम्ला पुरै हिउँले सेतामय भएको छ । सो हिमपातले हिउँले बालीनालीदेखि स्याउका बिरुवालाई राहत हुने भएपछि किसानलाई राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा समुदायगत धार्मिक द्वन्द्व चुनौती बनेको निष्कर्ष
-
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपाल भ्रमणमा
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?
-
गण्डकीको बर्खे अधिवेशन जेठ ११ देखि
-
वित्तीय जोखिम मूल्याङ्कनको रेड जोन माछापुच्छ्रेमा सबैभन्दा कम बेरुजु