शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छ महिनामा गुल्मीका ५७ वटा उजुरी अख्तियारमा

बिहीबार, १२ माघ २०७९, १६ : २५
बिहीबार, १२ माघ २०७९

गुल्मी । गुल्मी जिल्लाका स्थानीय तह तथा विभिन्न निकायसँग सम्बन्धित ५७ वटा उजुरी अख्तियारमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सूचना अधिकारी रामकृष्ण अधिकारीका अनुसार  यस आर्थिक वर्षको शुरुदेखि पुस मसान्तसम्म गुल्मीका ५७ वटा उजुरीहरु परेका हुन् ।

अधिकारीका अनुसार स्थानीय तहसँग सम्बन्धित २४ उजुरी परेका हुन् भने अन्य संघ र प्रदेश अन्र्तगतका रहेका छन् । स्थानीय तहसँग सम्बन्धित उजुरीहरुमा सार्वजनिक खरिद, सडक निर्माण र अन्यमा बिद्यालय भवन निर्माण, दिवा खाजा लगायतका बिषयमा उजुरी परेको कार्यालयले जनाएको छ ।

कार्यालयमा परेका ५७ वटा उजुरीहरुमध्ये १२ वटा उजुरीहरुको किनारा लागिसकेको छ भने ४५ वटा उजुरीहरुको बारेमा अध्ययन भइरहेको कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप