छ महिनामा गुल्मीका ५७ वटा उजुरी अख्तियारमा
बिहीबार, १२ माघ २०७९, १६ : २५
गुल्मी । गुल्मी जिल्लाका स्थानीय तह तथा विभिन्न निकायसँग सम्बन्धित ५७ वटा उजुरी अख्तियारमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सूचना अधिकारी रामकृष्ण अधिकारीका अनुसार यस आर्थिक वर्षको शुरुदेखि पुस मसान्तसम्म गुल्मीका ५७ वटा उजुरीहरु परेका हुन् ।
अधिकारीका अनुसार स्थानीय तहसँग सम्बन्धित २४ उजुरी परेका हुन् भने अन्य संघ र प्रदेश अन्र्तगतका रहेका छन् । स्थानीय तहसँग सम्बन्धित उजुरीहरुमा सार्वजनिक खरिद, सडक निर्माण र अन्यमा बिद्यालय भवन निर्माण, दिवा खाजा लगायतका बिषयमा उजुरी परेको कार्यालयले जनाएको छ ।
कार्यालयमा परेका ५७ वटा उजुरीहरुमध्ये १२ वटा उजुरीहरुको किनारा लागिसकेको छ भने ४५ वटा उजुरीहरुको बारेमा अध्ययन भइरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण