जुम्लामा हवाई सेवा सुचारु
जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीमा मङ्गलबारदेखि परेको हिमपातका कारण बन्द भएको हवाई सेवा आजदेखि फेरि सुरु भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ हटाएपछि नेपालगञ्जबाट तारा र समिटले जुम्लाका लागि उडान गरेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए ।
दुई दिन परेको हिउँले विमानस्थलको धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा ठप्प भएको थियो । निमित्त कार्यालय प्रमुख श्रेष्ठले भने, “आजका लागि दुई वटा मात्रै उडान भएको छ ।” विमानस्थलभित्रको धावनमार्गमा जमेको हिउँ फालेपछि जुम्लाका लागि हवाई सेवा सञ्चालनमा आएको नेपाली सेना नन्दबक्स गण जुम्लाका गणपति रवीन थापाले बताए । हवाई सेवा बन्द हुँदा नेपालगञ्जबाट जुम्ला आउने यात्रु अलपत्रमा परेका थिए । कर्णाली राजमार्गको राचुलीमा पहिरो गएपछि सडक बन्द हुँदा जहाजबाट आउने जानेको चाप बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशको सम्पत्ति सार्वजनिकीकरणको बहसः आवश्यकता कि अतिरञ्जना ?
-
कप्तानदेखि म्याच विनरसम्म : तथ्याङ्कमा बेन स्टोक्सको क्रिकेट जीवन
-
शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इन्जुरी समयको पीडाले रोयो क्रोएसिया (तस्बिरहरु)
-
कङ्गोमा घातक इबोला भाइरस विरुद्धको उपचार परीक्षण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण