प्रहरीको सर्भर ह्याक गरेर करिब ३ जीवी डाटा चोरी

काठमाडौं । नेपाल प्रहरीको सर्भर ह्याक भएको छ । ह्याकरले सर्भरमा पहुँच बनाएर २ दशमलव ३ जीवी डाटा चोरी गरेका हुन् ।
नेपाल प्रहरीको आन्तरिक प्रयोजनमा हुने इमेल कुराकानी सहितका डाटा डार्क वेबमा लिक भएको बताइएको छ । इमेलको पासवर्ड पाएर ती डाटा बाहिरिएको हुनसक्ने प्रहरीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
इमेल सर्भर ह्याक गरेर वा कसैको पासवर्ड पाएर ती डाटा लिक भएको हुनसक्ने बताइएको छ । डाटा लिक भएको भनिएका घटना करिब ५ महिना पुरानो कुरा भएको प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलले रातोपाटीलाई बताए ।
प्रहरी नायव महानिरीक्षक पोखरेलले भने,‘पाँच महिना पुरानो कुरा हो, त्यसमा खास डेटा छैन अहिले हाम्रो सर्भर सुरक्षित छ ।’ प्रहरी कर्मचारीको व्यक्तिगत इमेलको विवरण बाहिरिएको स्विकार्दै डिआइजी पोखरेलले संगठनको डाटा सुरक्षित रहेको दाबी गरेका छन् । उनले भने,‘पुर्व प्रहरीहरुको त्यस्तो भएको हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली : लामखुट्टे भगाउने ‘उपाय’ अपनाउँदा ६ जनाको मृत्यु
-
सन्ताउन्न वर्षीया महिलासहित नौ महिला एसइईमा सहभागी
-
कांग्रेसभित्रै मन्त्रीमा भागबण्डाको रडाको, देउवासँग शेखर समूह असन्तुष्ट
-
वाल स्ट्रीट जर्नलका संवाददाता जासुसीको आरोपमा पक्राउ
-
आईपीएल क्रिकेट डिसहोममा हेर्न पाइने
-
डलर साट्ने बहानामा लुटपाट गर्ने मुख्य अभियुक्त पक्राउ