देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता
बिहीबार, १२ माघ २०७९, २० : १६
बुटवल । रूपन्देहीको देवदह नगरपालिकाले सञ्चालन गरेको देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता भएको छ । अस्पताल र बीमा बोर्डबीच स्वास्थ्य बीमा गरेका नगरवासीलाई नगर अस्पतालबाटै निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरू उपलब्ध गराउन विषयमा सम्झौता भएको हो ।
नगर प्रमुख ध्रुव खरेलको टोलीले बिहीबार बीमा बोर्डको कार्यालय पुगेर स्वास्थ्य सेवा प्रदान सम्बन्धी सम्झौता गरेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार संघीयता कार्यान्वयनमा आएपछि रुपन्देहीका १६ स्थानीय तहमध्ये नगर अस्पताल सञ्चालन र स्वास्थ्य बीमा गर्ने देवदह पहिलो स्थानीय तह हो ।
नगरपालिकाले गत असोज १० गते १० शय्याको नगर अस्पताल सञ्चालनमा ल्याइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तिसुँडे–शिखरपुर–अम्वास सडक 'प्रदेश प्राथमिकता प्राप्त आयोजना' मा छनोट
-
एक चीन नीतिमा नेपाल दृढ छ : परराष्ट्र मन्त्रालय
-
असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
-
महानगर प्रहरीले ‘ह्विल लक’ गर्ने, सवारी उठाउने नियम छ ?
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
-
धनुषामा माछाको भुरा वितरणमा ७२ लाख भ्रष्टाचार : तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण