अवसरलाई सदुपयोग गर्न नसके पार्टी जनताबाट कट्न सक्छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको अवसरलाई सदुपयोग गर्न नसकेमा जनतबाट पार्टी कट्ने र मुलुक अँध्यारोतिर जानसक्ने बताएका छन् । स्थायी समिति बैठकमा आफ्नो प्रतिवेदन पेश गर्दै प्रचण्डले आफूले देशको नेतृत्व पाउनुलाई अवसर र चुनौती दुबै भएको बताए ।
‘अहिलेको सरकारलाई अवसर र चुनौतिको रुपमा लिएका छौं । हामीले जसरी पनि सफल भएर काम गर्नै पर्छ’ प्रतिवेदनका विषयमा आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले भने, ‘हामीले अवसरको रुपमा नलिएमा जनताबाट पार्टी कट्ने र मुलुक अँध्यारोतिर जाने व्याख्या गर्नुभएको छ ।’
प्रचण्डले प्रतिवेदनमा संगठनलाई व्यवस्थित गर्ने समेत खाका प्रस्तुत गरेका छन् । पार्टीको पोलिटब्यूरो, संगठन विभागलाई पूर्णता दिने र आयोगलाई पूर्णता दिने तयारी गरिएको छ । यस्तै अन्य नेताहरुको कार्यविभाजनका विषयमा समेत प्रतिवेदनमा उल्लेख गरिएको खतिवडाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण