आजदेखि माया खोलाको आईपीओ बिक्री खुल्ला
काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बिक्री खुलाएको हो । हाइड्रोपावरले आफ्ना जारी पूँजी १ अर्बको ३४ प्रतिशत साधारण सेयर बिक्री गर्नेछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित ३४ करोडको सेयर स्थानीय, वैदेशिक रोजगारीमा गएकाहरु, सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीलाई बिक्री हुनेछ ।
जसमध्ये स्थानीय क्षेत्रका आयोजना प्रभावितका लागि १० लाख कित्ता सेयर छुट्याइएको छ । यस्तै, वैदेशिक रोजगारीमा गएकाहरुलाई २ लाख ४० हजार कित्ता सेयर छुट्याइएको छ । यसका साथै, १ लाख २० हजार कित्ता सेयर सामूहिक लगानी कोष र ४२ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहने १९ करोड रुपैयाँ बराबरको १९ लाख सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई बाँडफाँट गरेपछि सर्वसाधारणलाई बिक्री खुलाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण