आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
अदालत

सुरेन्द्र भण्डारीको जवाफी बहस : रवि लामिछानेमा कानुन मिच्ने प्रवृत्ति देखिन्छ

शुक्रबार, १३ माघ २०७९, १३ : ४१
शुक्रबार, १३ माघ २०७९

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमा कानुन मिच्ने प्रवृत्ति देखिएको जिकिर गरेका छन् । संवैधानिक इजलासमा रविको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा जवाफी बहस गर्दै उनले यस्तो बताएका हुन् । 
‘कानुन मिच्ने प्रवृत्ति उहाँमा पहिलेदेखि नै थियो । पारिवारिक भिसामा नेपालमा आएर  उहाँले काम गर्नुभयो ।  त्यसमा विवाद भयो । पछि अमेरिकाको नागरिकता त्यागेको डकुमेन्ट निर्वाचन आयोगमा मात्रै पेस गरेको देखिन्छ’, भण्डारीले भने, ‘विदेशमा त्यागेको निस्सा तोकिएको अधिकारीलाई पेस गर्नुपर्नेमा अहिलेसम्म पेस गरेका छैन ।’
 
रवि पक्षका वकिलले यसअघि यो मुद्दा संवैधानिक इजलासको कार्यक्षेत्रमै पर्दैन भनेर जिकिर गरेकोप्रति जवाफ दिँदै उनले संविधानको धारा ९० अनुसार सांसदको अयोग्यताको प्रश्न संवैधानिक इजलास नै हेर्ने व्यवस्था गरेको स्पष्ट गरे । 
रविको नागरिकतासम्बन्धी विवादमा नागरिकतासम्बन्धी कानुनको दफा ११ पूर्ण आकर्षित हुने भण्डारीले बताए । उनले रविले नागरिकता पाउनका लागि प्रक्रियामा जानैपर्ने पनि बताए । 

उनले अहिलेसम्म रविले नागरिकता त्यागेको राज्यलाई थाहा नभएको पनि जिकिर गरे । नागरिकतासम्बन्धी संशोधन ऐनले नागरिकता पुनः पाउन निस्सा दर्ता गरेर मात्रै निर्णय हुने व्यवस्था गरेको पनि उनले बताए । ‘मलाई कानुन लाग्दैन, प्रक्रिया लाग्दैन भन्नु ठीक होइन’, उनले भने, ‘सिडिओ कार्यालयमा गएर नागरिकताको विषयमा सहीछाप गर्नुपर्छ । तर, उहाँ राज्यलाई अन्डर माइन्ड गर्नुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप