सुरेन्द्र भण्डारीको जवाफी बहस : रवि लामिछानेमा कानुन मिच्ने प्रवृत्ति देखिन्छ
काठमाडौँ । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमा कानुन मिच्ने प्रवृत्ति देखिएको जिकिर गरेका छन् । संवैधानिक इजलासमा रविको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा जवाफी बहस गर्दै उनले यस्तो बताएका हुन् ।
‘कानुन मिच्ने प्रवृत्ति उहाँमा पहिलेदेखि नै थियो । पारिवारिक भिसामा नेपालमा आएर उहाँले काम गर्नुभयो । त्यसमा विवाद भयो । पछि अमेरिकाको नागरिकता त्यागेको डकुमेन्ट निर्वाचन आयोगमा मात्रै पेस गरेको देखिन्छ’, भण्डारीले भने, ‘विदेशमा त्यागेको निस्सा तोकिएको अधिकारीलाई पेस गर्नुपर्नेमा अहिलेसम्म पेस गरेका छैन ।’
रवि पक्षका वकिलले यसअघि यो मुद्दा संवैधानिक इजलासको कार्यक्षेत्रमै पर्दैन भनेर जिकिर गरेकोप्रति जवाफ दिँदै उनले संविधानको धारा ९० अनुसार सांसदको अयोग्यताको प्रश्न संवैधानिक इजलास नै हेर्ने व्यवस्था गरेको स्पष्ट गरे ।
रविको नागरिकतासम्बन्धी विवादमा नागरिकतासम्बन्धी कानुनको दफा ११ पूर्ण आकर्षित हुने भण्डारीले बताए । उनले रविले नागरिकता पाउनका लागि प्रक्रियामा जानैपर्ने पनि बताए ।
उनले अहिलेसम्म रविले नागरिकता त्यागेको राज्यलाई थाहा नभएको पनि जिकिर गरे । नागरिकतासम्बन्धी संशोधन ऐनले नागरिकता पुनः पाउन निस्सा दर्ता गरेर मात्रै निर्णय हुने व्यवस्था गरेको पनि उनले बताए । ‘मलाई कानुन लाग्दैन, प्रक्रिया लाग्दैन भन्नु ठीक होइन’, उनले भने, ‘सिडिओ कार्यालयमा गएर नागरिकताको विषयमा सहीछाप गर्नुपर्छ । तर, उहाँ राज्यलाई अन्डर माइन्ड गर्नुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकासको विरोधाभास : चिल्लो सडक, रित्तो गाउँ
-
बजेट जनमुखी, गरिबमुखी र नीतिमा आधारित छ : मुख्यमन्त्री बानियाँ
-
डेढ करोड नागरिक जोडिएको क्षेत्रमा अध्यादेश ल्याएको भन्दै एमालेको असन्तुष्टि
-
प्रतिष्ठानका पदाधिकारी नियुक्तिलाई निष्पक्ष र पारदर्शी बनाउन विधेयक ल्याइएको हो : स्वास्थ्य मन्त्री
-
भेनेजुएलामा भूकम्प अपडेट : मृतकको सङ्ख्या दुई हजार ६४५ पुग्यो
-
स्वास्थ्य प्रतिष्ठानलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण