स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन प्रमुख शाहीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जुम्ला । स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगदबहादुर शाहीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ । अख्तियारले शाहीसहितका व्यक्तिले औषधी खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
तत्कालीन प्रमुख शाहीसहित स्टोर प्रमुख गोविन्द खनाल र अहेव सिताराम चौधरीले मिलेमतोमा कार्यालयमा सामान नल्याएर फर्जी खरिद विल पेश गरेर भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।
उनीहरुविरुद्ध परेको उजुरीका आधारमा अनुसन्धान गर्दा मेडिकल सामग्रीहरु खरिद नै नगरेको पाइएको अख्तियारले जनाएको छ । ‘निजहरु कार्यालय प्रमुख शाही र स्टोर किपर खनालको उल्लिखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर भएको देखिएको छ’, अख्तियारले भनेको छ । साथै उनीहरुबाट ८१ हजार ८२२ विगो कायम गरी असुलउपर गर्न अख्तियारले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार रिलिज हुने ‘के घर के डेरा : घर नं २’ले कति पायो शो ?
-
बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग
-
उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित
-
आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गरेको के अर्थ ?
-
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
-
खाली नालीमा फोहोर थुप्रिदा अत्तरियामा डुबानको समस्या