स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन प्रमुख शाहीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
जुम्ला । स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगदबहादुर शाहीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ । अख्तियारले शाहीसहितका व्यक्तिले औषधी खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
तत्कालीन प्रमुख शाहीसहित स्टोर प्रमुख गोविन्द खनाल र अहेव सिताराम चौधरीले मिलेमतोमा कार्यालयमा सामान नल्याएर फर्जी खरिद विल पेश गरेर भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।
उनीहरुविरुद्ध परेको उजुरीका आधारमा अनुसन्धान गर्दा मेडिकल सामग्रीहरु खरिद नै नगरेको पाइएको अख्तियारले जनाएको छ । ‘निजहरु कार्यालय प्रमुख शाही र स्टोर किपर खनालको उल्लिखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर भएको देखिएको छ’, अख्तियारले भनेको छ । साथै उनीहरुबाट ८१ हजार ८२२ विगो कायम गरी असुलउपर गर्न अख्तियारले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमा सुधनको पुनरागमन, हाइप्रोफाइल पक्राउको आक्रामक शृङ्खलामा अदालतको ‘ब्रेक’
-
इन्डोनेसियाको पापुआमा विद्रोहीद्वारा अमेरिकी पाइलट मारेको दाबी
-
विपन्न विद्यार्थी पढाउन अक्षयकोष स्थापना
-
पोर्चुगल र क्रोएसियाबिचको खेलका क्रममा किन भयो तनाव ?
-
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
-
अन्तिम १६ मा स्थान बनाएसँगै पोर्चुगलको स्पेनसँग भेट पक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण