‘सतीदेवी’ बन्दै मलिका
काठमाडौँ । अभिनेत्री मलिका महतको अभिनय र लक्ष्मण सुवेदीको निर्देशक रहने फिल्मको नाम ‘सतीदेवी’ राखिएको छ । निर्देशक सुवेदीले चलचित्र विकास बोर्डमा दर्ता गर्दै फिल्मको नाम सार्वजनिक गरेका हुन् ।
गोल्डेन स्टेट मुभी केमर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा कृयसनको प्रस्तुति रहेको फिल्ममा मलिकाको अलवा भोला सापकोटा, कुलदीप अधिकारी र मनीषा सापकोटाको मुख्य भूमिका रहने छ ।
‘फिल्मका लागि अझै केही कलाकार छनौटको क्रममा रहेका छन्, सुवेदीले भने, ‘फिल्ममा ‘सतीदेवी’को भूमिकामा देखिनेछिन् ।’
आगामी फागुन पहिलो साताबाट सुटिङ सुरु हुने फिल्ममा लक्ष्मण स्वयंको कथा, पटकथा तथा संवाद, निर्माण र गीत लेखन रहेको छ । फिल्मको प्रायः सुटिङ गाउँमा गरेर काठमाडौंमा क्लाइमेक्स खिच्ने तयारीमा लक्ष्मण छन् ।
फिल्मको अन्य कलाकार छिट्टै छनौट हुने लक्ष्मणले जानकारी दिए । छायांकनमा निस्कनुअघि एकहप्ता फिल्मको वर्कसप पनि हुनेछ । ‘एउटा साथी’ बाट निर्देशनमा डेब्यु गरेका रंगपत्रकार सुवेदीको पछिल्लो फिल्म ‘लालजोडी’ हो ।
लक्ष्मण खासमा फिल्म ‘ठगराज’ निर्देशन र निर्माणको तयारीमा थिए । फिल्मका लागि गीत समेत रेकर्ड भइसकेको थियो । तर, यो फिल्मको कथावस्तुमा अझै सूक्ष्म अध्ययन गर्नुपर्ने भएकाले उनले यो फिल्म बनाउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण