बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सर्ट फिल्म प्रतिस्पर्धा हुने, विजेतालाई २ लाख

शुक्रबार, १३ माघ २०७९, १५ : १५
शुक्रबार, १३ माघ २०७९

काठमाडौँ । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने भएको छ । फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेकालाई लक्षित गर्दै प्रतिस्पर्धा गर्न लागिएको हो ।

स्पर्धाको बिहीबारबाट आवेदन समेत खुल्ला भएको छ । सहभागीताका लागि फिल्म निर्माणमा रुचि भएका जो कोहीले पनि भाग लिन सक्ने आयोजकले जनाएको छ ।

नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले अवसरको खोजीमा रहेका फिल्मकर्मीका सर्ट फिल्म कम्पिटिसन गतिलो प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गरे । उनले धेरै लगानी गरेर फिल्म बनाउन गाह्रो हुनेका लागि यस्ता प्रतिस्पर्धा वरदान हुन सक्ने भन्दै सहभागिताका लागि आव्हान गरे ।

म्युजिक नेपालले संगीतसँगै नेपाली सिनेमाका लागि पनि केही गरौँ भन्ने अभिप्रायले प्रतिस्पर्धाको आयोजनामा हातेमालो गर्न लागेको जानकारी गराएको छ । 

सर्ट फिल्म कम्पिटिसिनमा निर्णायकको भूमिका अनुप बराल, सुरक्षा पन्त र सुजित बिडारीले गर्नेछन् । कार्यक्रममा बोल्दै अनुप बरालले सर्ट फिल्मलाई बिरुवाको सानो रूपमा व्याख्या गर्दै सर्ट लम्बाइको हिसाबले सानो भएपनि सानो बनाउन झन् ठूलो मेहनत लाग्ने धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै निर्णायक सुजित बिडारीले यस्ता प्रतियोगिताको महत्त्व कति हुन्छ भन्ने कुराको आफू भुक्त भोगी भएको बताउँदै यस्ता प्रतिस्पर्धाले भिज्युवल लिटरेसी निर्माण ठूलो योगदान गर्ने धारणा राखेका थिए । 

अभिनेत्री सुरक्षा पन्तले म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पस मिलेर यस्ता कार्यक्रम गर्ने कुरालाई आफूले दुवैले कामको दायरा बढाउने पहलका रूपमा बुझेको बताएकी थिइन् । 

‘फिल्म कलेजले फिल्म पढाएर मात्र दायित्व पूरा हुँदैन । यस्ता कार्यक्रमले त्यसरी पढेको कुरालाई जाँच्ने अवसर पनि दिन्छन् र यसले सहकार्यको महत्त्व पनि बुझाउँछ’, उनले भनिन्, ‘अर्को महत्वपूर्ण कुरा चाहिँमलाई पनि धेरैले मसँग  कथा छ के गरौँ भनेर पनि मेसेज गरिरहनु भएको हुन्छ । अब यता पठाउनुस् भन्न सजिलो भयो ।’

प्रतिस्पर्धामा सहभागीका लागि फागुन ३० सम्म कथासार बुझाउनु पर्नेछ भने चैत १७ भित्र स्क्रिप्ट बुझाउनुपर्नेछ । यसरी आएका स्क्रिप्टलाई निर्णायकद्वारा ३ दिन प्रशिक्षण दिइनेछ र यो पश्चात् पुनर्लेखन गरी आएका स्क्रिप्ट मध्येबाट १० स्क्रिप्ट छानेर निर्माण सहायता प्रदान गरिनेछ । छानिएका १० फिल्मले निर्माणका लागि ७५ हजार नगद प्राप्त गर्नेछन् । यो प्रक्रियापछि निर्माण भएर आएका फिल्म मध्ये पहिलो बन्नेले २ लाख नगद प्राप्त गर्नेछ भने बाँकी अन्यले विधागत रूपमा नगद पुरस्कार पाउनेछन् । प्रस्तिस्पर्धामा स्क्रिप्ट तथा निर्देशनमा उत्कृष्ट हुनेले ५० अभिनय, छायांकन, सम्पादन र ध्वनिमा उत्कृष्ट काम देखाउनेले पनि ५० हजार पुरस्कार प्राप्त गर्नेछन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप