अदालतको फैसलामाथि कानुन व्यवसायीसँग छलफल गर्छौँ: रास्वपा प्रवक्ता ढकाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतले गरेको फैसलाबारे अध्ययन गरेर मात्र थप टिप्पणी गर्ने बताएका छन् ।
सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि पार्टी कानुन व्यवसायीहरूसँग छलफलमा जुटेको प्रवक्ता ढकालले जानकारी दिएका हुन् ।
रातोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘अदालतको फैसलामा पार्टीको सवालमा के भनेको छ, सांसद पदको सवालमा के भनेको छ, गृहमन्त्री पदको सवालमा के भनेको छ, त्यसबारे अध्ययन गर्दैछौँ । उहाँको पुनः नागरिकता प्राप्ति गर्ने अधिकारको बारेमा हाम्रो कानुन व्यवसायीसँग छलफल पनि गर्दैछौँ । यसबारेमा हामी अहिले नै धेरै टिप्पणी गर्न चाहँदैनौँ । अदालतले गरेको निर्णयलाई मानेर अघि बढ्छौँ नै तर पार्टीमा छलफल गरेर मात्र थप टिप्पणी गर्छौँ ।'
यता रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पनि पार्टीमा छलफल गरेरमात्र थप टिप्पणी गर्ने बताए । उनले भने, ‘तत्काल यो विषयमा धेरै नबोलौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण