बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अदालतको फैसलामाथि कानुन व्यवसायीसँग छलफल गर्छौँ: रास्वपा प्रवक्ता ढकाल

शुक्रबार, १३ माघ २०७९, १८ : ४४
शुक्रबार, १३ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतले गरेको फैसलाबारे अध्ययन गरेर मात्र थप टिप्पणी गर्ने बताएका छन् ।  

सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका  रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि पार्टी कानुन व्यवसायीहरूसँग छलफलमा जुटेको प्रवक्ता ढकालले जानकारी दिएका हुन् ।

रातोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘अदालतको फैसलामा पार्टीको सवालमा के भनेको छ, सांसद पदको सवालमा के भनेको छ, गृहमन्त्री पदको सवालमा के भनेको छ, त्यसबारे अध्ययन गर्दैछौँ । उहाँको पुनः नागरिकता प्राप्ति गर्ने अधिकारको बारेमा हाम्रो कानुन व्यवसायीसँग छलफल पनि गर्दैछौँ । यसबारेमा हामी अहिले नै  धेरै टिप्पणी गर्न चाहँदैनौँ । अदालतले गरेको निर्णयलाई मानेर अघि बढ्छौँ नै तर पार्टीमा छलफल गरेर मात्र थप टिप्पणी गर्छौँ ।'

यता रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पनि पार्टीमा छलफल गरेरमात्र थप टिप्पणी गर्ने बताए । उनले भने, ‘तत्काल यो विषयमा धेरै नबोलौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप