शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अदानीबारे हिन्डनबर्गको रिपोर्टको असर : सेयर लगानीकर्ताको १०.७३ लाख करोड भारु डुब्यो

शुक्रबार, १३ माघ २०७९, २० : १३
शुक्रबार, १३ माघ २०७९

नयाँ दिल्ली । पछिल्ला दुई व्यापार सत्रमा भारतीय शेयर बजारमा लगानीकर्ताको १०.७३ लाख करोड भारतीय रुपैयाँ डुबेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दुई सत्रहरूमा बीएसई सेन्सेक्स १६४७.८५ अंकले घटेको हो । 

शुक्रबार (आज) मात्रै यो ८७४.१६ अंकले घटेको छ । सेयर बजार ५९३३० दशमलव ९० अंकमा बन्द भयो । बुधबार यो ७७३.६९ अंकले घटेको थियो । 

गणतन्त्र दिवसको अवसरमा बिहीबार भने सेयर बजार बन्द रह्यो । अदानी समूहको शेयरमा लगातार दोस्रो कारोबार सत्रमा पनि गिरावट आएको छ। यो गिरावट करिब २० प्रतिशत थियो । 

अदानी समूहको शेयर ठूलो मात्रामा बिक्री भएको थियो। अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको प्रतिवेदनपछि अदानी समूहको शेयर बेच्ने क्रम सुरु भएको छ । 

जियोजित फाइनान्सियल सर्भिसका अनुसन्धान प्रमुख विनोद नायरले समाचार एजेन्सी पीटीआईलाई भने कि अडानी समूहको शेयरमा आएको गिरावटले बैंकिङ क्षेत्रको शेयरमा पनि असर परेको छ।

फोर्ब्सको सूचीमा तेस्रोदेखि सातौं स्थानमा पुगे अदानी 

विश्वका धनी व्यक्तिमध्येका एक गौतम अदानीको नियन्त्रणमा रहेको अदानी समूहका सात कम्पनी सेयर बजारमा सूचीकृत छन् र हिन्डनबर्गको प्रतिवेदन सार्वजनिक भएपछि यी कम्पनीलाई पुँजी बजारमा ४८ अर्ब डलर नोक्सान पुगेको छ ।

हिन्डनबर्गको प्रतिवेदनपछि अदानी समूहको अमेरिकी ऋणपत्र पनि घटेको छ । अनुसन्धान फर्मको प्रतिवेदनमा कम्पनीको ऋण र कर छलीका लागि प्रयोग हुने ठाउँहरूको प्रयोगबारे चिन्ता व्यक्त गरिएको थियो।

फोर्ब्सको रिपोर्ट अनुसार अर्बपति गौतम अडानी हिन्डनबर्गको रिपोर्टपछि विश्वको तेस्रो धनी व्यक्तिको स्थानबाट सातौं स्थानमा झरेका छन् ।–बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप