भारतको एक अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु
शनिबार, १४ माघ २०७९, ११ : ३३

झारखण्ड । भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् । धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा आज बिहान करिब २ बजे आगो सल्केको थियो । आगो अस्पतालको दोस्रो तलामा फैलिएको थियो ।
आगोमा परेर अस्पतालतका सञ्चालक डाक्टर, उनकी श्रीमती, एक जना कामदार र दुई जना आफन्तको मृत्यु भएको छ । अस्पताल धुँवाले भरिएको र अक्सिजनको अभावमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण नखुलेको तथा त्यसको अनुसन्धान भइरहेको धनवादका प्रहरी वरिष्ठ उपरीक्षक अरबिन्दकुमार बिनाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली : लामखुट्टे भगाउने ‘उपाय’ अपनाउँदा ६ जनाको मृत्यु
-
सन्ताउन्न वर्षीया महिलासहित नौ महिला एसइईमा सहभागी
-
कांग्रेसभित्रै मन्त्रीमा भागबण्डाको रडाको, देउवासँग शेखर समूह असन्तुष्ट
-
वाल स्ट्रीट जर्नलका संवाददाता जासुसीको आरोपमा पक्राउ
-
आईपीएल क्रिकेट डिसहोममा हेर्न पाइने
-
डलर साट्ने बहानामा लुटपाट गर्ने मुख्य अभियुक्त पक्राउ