गजल
मनको दर्द बिर्साउने त मातै रहेछ
शनिबार, १४ माघ २०७९, ११ : ४६
बिहानी भयो भन्दा भन्दै रातै रहेछ
परिवार भन्दा ठूलो धनको छातै रहेछ
काटी कुटी पट्याउदैछु म फ्याँक्ने कागज
जीवनको किताब जोगाउने त खातै रहेछ
जति सेवा गरे पनि बालुवामा पानी
माया भन्ने त यहाँ चिप्लो बातै रहेछ
सुनैको बुट्टे थालमा खाउ कि टपरीमा
भोकाउँदा एक पेट भर्ने त भातै रहेछ
नपिउ भन कि, कलेजो नै जल्छ भन
मनको दर्द बिर्साउने त मातै रहेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण