संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
काठमाडौँ । संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन आग्रह गरेका छन् । शनिवार काठमाडौँमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय संघीयताको विषयलाई लिएर विभिन्न प्रश्न उठिरहेको भन्दै संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन सम्बन्धित पक्षहरूलाई आग्रह गरेका हुन् ।
उनले हरेक १५ वर्षमा देशको संरचना परिवर्तन गरेर जान नसकिने स्पष्ट पारे । उनले भने, ‘संघीयता भएपछि सात प्रदेश छन्, सात हुँदा पनि चलाउन सकेनौ भनेका छौँ, यसमा म अप्रेशनल कुरा देख्छु । अब संघीयतालाई फेरि अर्को प्रश्न गरेर यसलाई द्वन्द्व निम्त्याउनु छ र हामीले ? सकौँला ? हामी सधैँ १०/१५ वर्षमा संविधान फेर्दै जाने ? हामी यही नै हो त, हामी यहाँबाट परिष्कृत हुने हो । हामीले जाने बाटोमा अब फेरि संघीयतालाई ब्याक गरेर हामीले हेरौँ न, त्यो संघीयताको विषयलाई जोडदार उठाउने पार्टी र समुदाय पनि उनीहरू के हुन्छन् ? हामी निकै नै ठुलो भड्खारोमा पर्न जाने सम्भावना बढी नै छ । संघीयतालाई झनै ठुलो विषय बनाए हामी झनै फस्छौँ ।’
फरक प्रसंगमा महासचिव गौतमले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग निष्प्रभावीबारे लेखेको पत्र आफ्नो प्रशासनिक कुरा भएको र आफूले बारम्बार सोचेर लेखेको भन्दै सही र गलत भन्ने कुरा अदालतले फैसला गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण