घरमै पुगेर गर्भवतीको स्वास्थ्य परीक्षण
अर्घाखाँच । अर्घाखाँचीको शितगंगा नगरपालिकाले घरमै पुगेर गर्भवती महिलाको स्वास्थ्य परीक्षण शुरु गरेको छ । नगरका १४ वटै वडामा जनप्रतिनिधि, चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले २ सय १० जना गर्भवतीको स्वास्थ्य जाँच गरेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र ठाडाका डा. शुभेच्छा शर्मा, नर्स सृजना घिमिरे र स्वास्थ्यकर्मी दामोदर ढकाल, लक्ष्मण पाण्डे लगायतको टोलीले गर्भवती महिलाहरुको स्वास्थ्य जाँच गरेका छन् । उनीहरुले भिडियो एक्सरे मेसिन, औषधि बोकेर गाउँ पुग्ने गरेका छन् ।
नगरको १४ वडामा २ सय १० जना गर्भवतीको स्वास्थ्य जाँच गाउँमै पुगेर गरिएको नर्स सृजना घिमिरेले बताइन् । घिमिरेले भनिन्, ‘हामीले गर्भवतीको स्वास्थ्य जाँचसंगै अवस्थाको बारेमा पनि भन्छौं, तीन÷तीन महिनामा भिडियो एक्सरे, प्लोअप गर्नेबारे सल्लाह दिएका छौं ।’
उनीहरुलाई चाउचाउलगायतका जंगफुड नखाई पोषणतत्व माछामासु, अण्डा, दूध, दही, फलफुल, भटमास लगायतका खानेकुरा खान सल्लाह स्वस्यकर्मीले दिने गरेको शितगंगा नगरप्रमुख छविलाल पौडेलले बताए ।
गरिबीका कारण पनि नियमित स्वास्थ्य जाँच गराउन नपाएर गर्भवतीको अकालमै ज्यान जाने खतरा नहोस् भनेर गर्भवती खोज्दै गाउँ पुगेको नगर उपप्रमुख गिता भाट्ले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
-
नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी
-
सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण