सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
भगवान् रामको मूर्ति बनाउन कालीगण्डकीबाट ल्याइएको देव शिला जनकपुरमा (फोटो फिचर)

भगवान् रामको मूर्ति बनाउन कालीगण्डकीबाट ल्याइएको देव शिला जनकपुरमा (फोटो फिचर)

आइतबार, १५ माघ २०७९

जनकपुरधाम । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मूर्ति बनाउन काली गण्डकी नदीको देव शिला जनकपुरधाममा आइपुगेको छ ।

हिन्दुहरूको पवित्र धार्मिक स्थल अयोध्यामा निर्माणाधीन उक्त मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनाउन शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी काली गण्डकीबाट निकालेर भारत लैजानको लागि जनकपुरधाम ल्याइएको हो ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौल भएका सात फिट लम्बाइ पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई शिलाको पहिचान र क्षमा पूजाको काम सम्पन्न भएपछि शिला जनकपुरधाम हुँदै अयोध्या पठाउन लागिएको हो ।

उक्त शिलाबाट भगवान् रामको बालस्वरुप निर्माण गरिनेछ । शिलाबाट कुदिएर निर्माण गरिने भगवान् रामको बालस्वरुप राम मन्दिरको गर्भगृहमा रहने शिला सङ्कलन तथा पठाउने कार्यमा सक्रिय रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जनाएको छ ।

‘राम मन्दिरमा स्थापित हुने मूल स्वरूप नै नेपालको शिलाबाट तयार गरिनेछ’ उनले भने, दुईवटा शिलाबाट एकै साथ मूर्ति बनाइनेछ । राम मन्दिरमा ४ सय वटा कलात्मक पिल्लर राखिएको छ । हरेक खम्बामा १६ वटा देवीदेउताका मूर्ति कुदिनेछ । मन्दिर न्यास समितिले सार्वजनिक गरेको विवरण अनुसार मन्दिरको ४० सय खम्बामा गरी ६ हजार ४ सय देवी देउताका कलात्मक मूर्तिहरू कुदिनेछ ।

जनकपुरधाममा ल्याइएको उक्त देव शिलाको आज जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन, पूजन एवं महाआरती गरी अयोध्या पठाइने जनाइएको छ । सो पूजामा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको पनि सहभागिता रहनेछ ।

गत बुधबार देव शिला काली गण्डकीबाट निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला मन्दिरमा रुद्राभिशेकसहित विशेष पूजा गरी जनकपुरधाम हुँदै अयोध्याको लागि बिदाइ गरिएको थियो । म्याग्दीको बेनी ६ ठुलोपहिरोस्थित काली गण्डकी नदी किनारको शिला बुधबार क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो । 

dev shila 1Dev shila in janakpurdev shila janakpurdev shila janakpur2dev shila2dev shila3dewa shila

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया