प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठनको जिम्मा सांसद बस्नेतले लिने
काठमाडौँ । नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठनको जिम्मा लिने भएका छन् । त्यस्तै, सांसद बस्नेतले आचार्यकी श्रीमतीलाई पनि रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता लिएका हुन् ।
इलामका व्यवसायी आचार्यले गत मंगलबार संसद् भवन अगाडि आत्मदाह गरेका थिए । उपचारको क्रममा उनको बुधबार बिहान निधन भएको थियो । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बस्नेत शनिबार आचार्यको परिवारलाई भेट्न सिनामंगल पुगेका थिए । उनले परिवारलाई भेटेर सान्त्वना दिने प्रयास गरेको जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा बस्नेतले लेखेका छन्, ‘ स्व। प्रेम प्रसाद आचार्य ज्युका छोरीहरूको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता मैले यही सामाजिक सञ्जाल मार्फत गरेको थिए र आज प्रेम प्रसाद ज्युको श्रीमती बस्नु भएको ठाउँ सिनामंगलमै पुगी प्रत्यक्ष भेटेर उहाँ सँग थोरै भए पनि कुराकानी गरे र सान्त्वना पनि दिए साथै उहाँको रोजगारी र छोरीहरूको पठन पाठनको व्यवस्था मिलाउने जिम्मा समेत मैले लिएको छु । जय नेपाल !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण