रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बियो

काठमाडौँ । रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बिएको छ । लामिछानेले राष्ट्रिय परिचयपत्र पनि बनाउने भएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले बताए । शुक्रबार सर्वोच्च अदालतले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो । सोही अनुसार लामिछाने अहिले नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन् ।
गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी सोहीबमोजिम प्रशासन पुगेको बताइएको छ । सर्वोच्चको फैसलामा उनले नागरिकता लिन प्रक्रिया पुरा गर्नुपर्ने मात्रै भनेकाले सोहीअनुसार सामान्य प्रक्रियाबाट नागरिकता लिने तय भएको हो ।
अमेरिकी नागरिकता त्यागेको कुरा सत्य भएपनि त्यसपछि उनले पुरानो नागरिकता आफूखुसी प्रयोग गरेको पुष्टि भएको थियो । त्यही नागरिकता उनले प्रक्रिया पुरा गरेर ब्युँताउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आप्रवासी केन्द्रमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु
-
तीन कम्युनिस्ट पार्टीबीच एकता हुँदै
-
विराट गोल्डकप : आत्मविश्वासका साथ मैदानमा उत्रिँदै विराटनगर र लुका सकर
-
नेपाल आर्ट काउन्सिलमा प्राचीन सिक्का र नोटहरू प्रदर्शनीमा (तस्बिरहरु)
-
भोलि एक चरणको मन्त्रिपरिषद् विस्तार हुन्छ : रमेश लेखक
-
बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा