मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
डोजर आतङ्क बन्द गर्न माग गर्दै बालेनविरुद्ध प्रदर्शन (तस्बिरहरू)
फोटोफिचर

डोजर आतङ्क बन्द गर्न माग गर्दै बालेनविरुद्ध प्रदर्शन (तस्बिरहरू)

आइतबार, १५ माघ २०७९

काठमाडौँ । उपत्यका व्यापी सडक विस्तार पीडित संघर्ष समितिलगायत विभिन्न संगठनहरुले आइतबार काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । माइतघरमा जम्मा भएर महानगरपालिकाले सडक विस्तारका नाममा गैरकानुनी ज्यादती गरेको भन्दै प्रदर्शन गरेका हुन् । 

कुनै समय मेयर साहका सहयात्री रहेका सुमन सायमीले महानगरले सडक विस्तारका नाममा बिना अध्ययन, अनुसन्धान डोजर चलाएको आरोप लगाए । महानगरका मेयर बालेन शाहले जवाफदेहिता बिना काम गरेको सायमीको भनाई छ । प्रदर्शनमा सहभागीहरूले डोजर आतङ्क बन्द गर्न, सडक विस्तारको नाममा उठिबास नगर्न, आदिवासीको भूमिको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । 

हेरौँ तस्बिरः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया