स्वच्छ खानेपानी उत्पादन गरी बोतल र जारमार्फत वितरण गर्ने योजना छ : मन्त्री खान
आइतबार, १५ माघ २०७९, १७ : ३६
बाँके । खानेपानी मन्त्री अब्दुल खानले सरकारले पनि बोतल र जारबाट खानेपानी उत्पादन गर्ने योजना बनाइरहेको बताएका छन् । आइतबार जिल्लामा अवस्थित राप्ती खानेपानी फिल्टर स्टेसन योजनाको निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री खानले स्वच्छ खानेपानी उत्पादन गरी बोतल र जारमार्फत वितरण गर्ने योजना कार्यन्वयन गर्ने तयारी भैरहेको बताए । मन्त्री खानले कर्मचारीलाई खानेपानी जनताको घर सम्म सहजरूपमा वितरण गर्न निर्देशन समेत दिए ।
उनले भने, ‘खानेपानी जनताको मौलिक हकमा नै पर्ने हुँदा जनताको अधिकारसँग कसैले खेलवाड गर्न हुँदैन, यदि खेलवाड गरेको पाइएमा जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइन्छ ।’ प्रदेशमा रहेका खानेपानी तथा खानेपानी फिल्टर स्टेसन योजनाहरूलाइ प्रभावकारी रूपमा जनताले महशुस गर्ने गरि कार्यन्वयन गर्ने समेत मन्त्री खानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण