राजनीति
गृह मन्त्रालयमा फेरि रास्वपाकै दाबी
आइतबार, १५ माघ २०७९, १७ : ४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफ्नै पार्टीले पाउनुपर्ने निष्कर्ष निकालेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले रवि लामिछानले पदबाट राजीनामा दिइसकेपनि सो मन्त्रालयको जिम्मेवारी फेरि पार्टीले नै पाउनुपर्ने निष्कर्ष निकालिएको हो ।
यद्यपि, बैठकले लामिछानेले नागरिकता पुनः प्राप्ति प्रक्रिया पुरा गरिसकेपछि उनी नै सरकारमा जाने या नयाँ व्यक्तिलाई पठाउने भन्नेबारे स्पष्ट गरिसकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा मुकुल ढकालले गृहमन्त्रीमा पार्टीको दाबी स्वभाविक भएको बताए । तर, सो मन्त्रालय फेरि पाउने अवस्था बने को जाने भन्नेबारे भने तय नभएको बताए ।
आजै लामिछानले नागरिकता पाएसँगै पार्टीसभापतिमा पुनर्बहाली गरेका थिए । तर उनको सांसद पद गएपछि दलको नेतामा भने डोलप्रसाद अर्याल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर