बढ्यो मदिराको गैह्रकानूनी कारोबार, ६ महिनामा १७ कम्पनी राजश्व अनुसन्धानको फन्दामा
काठमाडौं । देशभर मदिराको गैह्रकानूनी कारोबार गर्नेको संख्या ह्वात्तै बढेको पाइएको छ । राजश्व अनुसन्धान विभागले गरेका अप्रेसनबाट भेटिएको तथ्यांकले मदिराको गैह्रकानूनी कारोबार गरेर राजश्व छल्नेक्रम बढेको पाइएको हो ।
चालू आर्थिक वर्ष २०७९/८० को माघ १५ गतेसम्मको अवधिमा देशभरबाट १७ वटा मदिरा व्यवसायी (आयातकर्ता र बिक्रेता) कारबाहीमा परेका छन् । ती मदिरा पसलेले चोरी पैठारीको मदिरा बिक्री गर्ने गरेको पाइनुका साथै नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गर्ने गरेको पाइएको छ ।
चोरी पैठारीको मदिरा बिक्री तथा ओसाप्रसार गरेको र नक्कली अन्तःशुल्क प्रयोग गरेको मदिरा बिक्री वितरण गरेको पाइएपछि ती व्यवसायीलाई पक्राउ गरी अनुसन्धान भइरहेको विभागले जनाएको छ । विभागका अनुसार यस अवधिमा देशभरका १७ वटा व्यवसायीक फर्मलाई गैह्रकानूनी कारोबार गरेको कसुरमा पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।
यस्तै, ती कारोबारीबाट अनुमानित १८ लाख रुपैयाँ बराबरको अवैध मदिरा समेत भेटिएको छ । ती कारोबारीबाट रोयल स्टेग, वल्ड मंक, रेड लेबल र सिक्किमे रम लगायतका मदिराका ब्राण्डको गैह्रकानूनी कारोबार गरिरहेको र नक्कली स्टिकर प्रयोग गरेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण