बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘छड्के २’ को टिजरमा के छ ?

सोमबार, १६ माघ २०७९, ११ : ५१
सोमबार, १६ माघ २०७९

काठमाडौंँ । अनमोल केसी अभिनित फिल्म ‘छड्के २’ को टिजर सार्वजनिक भएको छ । टिजरमा यार्सा गुम्बा र स्याउको व्यापारमा आफ्नो पकड बनाउन खोज्ने तीन ग्याङबीचको द्वन्द्व  देखाउन खोजिएको छ । टिजरमा अनमोल ग्याङस्टर लुक्समा देखिएका छन् । उनलाई फिल्ममा हिंसात्मक चरित्रमा प्रस्तुत गरिएको अनुमान गर्न सकिन्छ । ‘मेनडग’ पात्रको भूमिकामा रहेका अनमोल ‘ग्रीन ग्याङ’ को नाइकेको रुपमा देखिएका छन् । टिजरमा ब्याकग्राउन्ड म्यूजिक पनि राम्रो छ । 

फिल्मका लेखक तथा निर्देशक निगम श्रेष्ठ हुन् । फागुन १९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मको टिजरले दर्शकमा फिल्मप्रति कौतुहलता र उत्सुकता जगाउन क्षमता राख्छ । काभ्रे फिल्मस्को ब्यानरमा मेधा प्रोडक्सन तथा निर्भाना फिल्म स्कुलले निर्माणमा सहकार्य गरेको फिल्ममा अनमोलको अलवा रोविन तामाङ, सिर्जना सुब्बा, कमलमणि नेपाल, रेशा आलेमगर, देवकुमार श्रेष्ठ, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलान लगायतको पनि अभिनय छ ।

राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन रहेको फिल्ममा मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन, रवि चौधरी र लोकेश बज्रचार्यको सम्पादन छ । सुनिल मानन्धरले वितरण गर्न लागेको फिल्म चितवन र मुस्ताङमा छायांकन भएको हो । फिल्म ‘छक्का पञ्जा ४’ सँग भिड्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप