शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान बैठक आज : सन्दीपबारे के होला निर्णय ?

मङ्गलबार, १७ माघ २०७९, १० : १८
मङ्गलबार, १७ माघ २०७९

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति (बोर्ड) बैठक मंगलबार आज बस्दैछ ।  क्यान बैठकका एजेण्डा अहिलेसम्म सार्वजनिक भएका छैनन् । तर क्यानका एक सदस्यका अनुसार आजको बैठकमा बलात्कार आरोपित नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउनेरनफर्काउने बारे निर्णय हुनसक्ने छ । 

यसअघि क्यानले क्रिकेटर सन्दिप लामिछानेलाई खेलमा फर्काउने विषयमा कानुन अनुसार अघि बढिने स्पष्ट पारेको थियो । अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्यानलाई सन्दीपको विषयमा  कानुन अनुसार अघि बढ्नु भनेको बताएका थिए । 

यस्तै बैठकमा नेपाल टी–२० लिगको समीक्षा र नेपालमा प्रस्तावित एसियन प्रिमियर कपबारे पनि छलफल हुने ती सदस्यले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप