बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली मल बेचेको आरोपमा सर्लाहीबाट पसले पक्राउ

मङ्गलबार, १७ माघ २०७९, ११ : २७
मङ्गलबार, १७ माघ २०७९

काठमाडौँ । सर्लाहीमा पोटास भनेर नक्कली मल बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोडैता नगरपालिका–७ घर भएका ५५ वर्षीय मोहन दास छन् । 

दासले सञ्चालन गरेको महालक्ष्मी कृषि सहकारी संस्था लिमिटेड र दास बीज भण्डारमा पोटास भनेर ‘बिरला अक्साइड सिमेन्ट कलर’ मिसाएर  बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सर्वोत्तम खाद्यको बोरामा नुन र बिरला अक्साइड मिसाएर बेचेको भेटिएपछि उनलाई नियन्त्रणमा लिएको जिप्रका सर्लाहीका डिएसपी विजय श्रेष्ठले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप