रुपन्देहीको दक्षिणी सीमा क्षेत्रमा सीसीटीभीले निगरानी बढाइँदै
रुपन्देही । भारतसँग सिमाना जोडिएका रुपन्देहीको दक्षिणी संवेदनशील क्षेत्रमा रोहिणी गाउँपालिका सीसीटीभी क्यामेरा राखेर निगरानी थालेको छ । सुरक्षा चुनौती देखिएका ती क्षेत्रमा हुने अवैध गतिविधि रोक्न पालिकाले यो प्रयास थालेको हो ।
सुरक्षा चुनौती कम गर्न र पालिकाका कामलाई सहज बनाउन यो प्रविधिको प्रयोग गरिएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए । डिजिटल गाउँपालिकाको अभियानअन्तर्गत यस्तो अभियान थालेको उनको भनाइ छ ।
पालिकामा सेवा लिन आउने सेवाग्राहीको गुनासोलाई कम गर्न र सेवाग्राहीको सेवालाई पारदर्शी बनाउन पनि सहयोग पुग्ने विश्वास यादवले व्यक्त गरे । साना–ठुला अपराध अनुसन्धानका क्रममा प्रहरीलाई ठोस प्रमाण जुटाउन र कारबाही गर्न समेत सीसी क्यामरा सहयोगी हुने गरेको उनको बुझाइ छ ।
पालिकाका वडाहरूबाट हुने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन ७ वटै वडा कार्यालयमा क्यामरा जडान भइसकेको छ भने स्वास्थ्य चौकीमा पनि क्यामरा जडानको प्रक्रियामा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताए । सामुदायिक विद्यालयहरूलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले रोहिणीका सबै माध्यमिक विद्यालयमा सीसीटीभी क्यामरा जडान गरिएको पालिकाले जनाएको छ । विद्यार्थीले पढे –नपढे को , शिक्षकले कक्षाको ठामा पढाए नपढाएको समेत निगरानी गरिएको छ ।
क्यामरा जडानसँगै पालिकाको अधिकांश संवेदनशील क्षेत्मार हुने चोरी, लुटपाट, सवारी दुर्घटना नियाल्न र न्यूनीकरण गर्न सहयोग पुगेको प्रशासकीय अधिकृत गौतमले उल्लेख गरे । गाउँपालिकाभित्र तीन दर्जन सीसीटीभी क्यामेरा जडान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण