शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको दक्षिणी सीमा क्षेत्रमा सीसीटीभीले निगरानी बढाइँदै

मङ्गलबार, १७ माघ २०७९, १२ : ००
मङ्गलबार, १७ माघ २०७९

रुपन्देही । भारतसँग सिमाना जोडिएका रुपन्देहीको दक्षिणी संवेदनशील क्षेत्रमा रोहिणी गाउँपालिका सीसीटीभी क्यामेरा राखेर निगरानी थालेको छ । सुरक्षा चुनौती देखिएका ती क्षेत्रमा हुने अवैध गतिविधि रोक्न पालिकाले यो प्रयास थालेको हो । 

सुरक्षा चुनौती कम गर्न र पालिकाका कामलाई सहज बनाउन यो प्रविधिको प्रयोग गरिएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए । डिजिटल गाउँपालिकाको अभियानअन्तर्गत यस्तो अभियान थालेको उनको भनाइ छ ।

पालिकामा सेवा लिन आउने सेवाग्राहीको गुनासोलाई कम गर्न र सेवाग्राहीको सेवालाई पारदर्शी बनाउन पनि सहयोग पुग्ने विश्वास यादवले व्यक्त गरे । साना–ठुला अपराध अनुसन्धानका क्रममा प्रहरीलाई ठोस प्रमाण जुटाउन र कारबाही गर्न समेत सीसी क्यामरा सहयोगी हुने गरेको उनको बुझाइ छ । 

पालिकाका वडाहरूबाट हुने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन ७ वटै वडा कार्यालयमा क्यामरा जडान भइसकेको छ भने स्वास्थ्य चौकीमा पनि क्यामरा जडानको प्रक्रियामा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताए । सामुदायिक विद्यालयहरूलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले रोहिणीका सबै माध्यमिक विद्यालयमा सीसीटीभी क्यामरा जडान गरिएको पालिकाले जनाएको छ । विद्यार्थीले   पढे  –नपढे को ,  शिक्षकले   कक्षाको ठामा पढाए नपढाएको  समेत निगरानी गरिएको छ ।

क्यामरा जडानसँगै पालिकाको अधिकांश संवेदनशील क्षेत्मार हुने चोरी, लुटपाट, सवारी दुर्घटना नियाल्न र न्यूनीकरण गर्न सहयोग पुगेको प्रशासकीय अधिकृत गौतमले उल्लेख गरे । गाउँपालिकाभित्र तीन दर्जन सीसीटीभी क्यामेरा जडान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप